मुख्य समाचार

एमसीसी अनुमोदनपछि सत्ता गठबन्धनको बैठक बस्दै

By खबरहब

March 03, 2022

काठमाडौँ – सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बैठक केही बेरमा बस्दैछ ।

संसदबाट एमसीसी अनुमोदन भएको चार दिनपछि तथा अमेरिकाले स्वीकारेको भोलिपल्ट गठबन्धनको बैठक बस्न लागेको हो ।

बुधबार प्रधानमन्त्री देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

यसबिचमा एमसीसी संसदबाट अनुमोदन भएसँगै सत्तारुढ गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चा भने बाहिरिसकेको छ।अब चार दलीय गठबन्धनको बैठक मात्रै बस्नेछ।