राजनीति

बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी

By खबरहब

March 03, 2022

काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ। एमसीसी संसदबाट अनुमोदन भएपछि पहिलाेपटक प्रधानमन्त्री शेरबहादुर देउवासहित, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीचको छलफल बालुवाटारमा जारी रहेकाे हाे ।

बैठकमा समसामियक विषयमा छलफल भइरहेकाे नेताहरुले बताएका छन् ।