तस्वीर- गेटी इमेज

अन्तर्राष्ट्रिय

रुसी युद्धबन्दीलाई आमाको जिम्मा लगाउने युक्रेनी प्रस्ताव

By खबरहब

March 03, 2022

काठमाडौँ –  रुसको आक्रमणका कारण युक्रेनमा भीषण लडाइँहरू भइरहेका छन् ।

युद्धका क्रममा हजारौँको मृत्यु भइसकेको छ भने दुवै तर्फका धेरै सैनिक युद्धबन्दी बनेका छन् । कुनै पनि युद्धपछि युद्धबन्दीहरुको रिहाइ पेचिलो मुद्दा बनेर आउने गर्छ ।

अहिले युक्रेनले भने रुसी युद्धबन्दीलाई रिहा गर्ने विषयमा अनौठो प्रस्ताव अघि सारेको छ । युक्रेनको रक्षामन्त्रालयले रिहा हुने रुसी युद्धबन्दीलाई आमाको जिम्मा लगाउने प्रस्ताव अघि सारेको हो ।

‘रुसी युद्धबन्दीलाई उनीहरुको आमाको जिम्मा लगाउने निर्णय भएको छ तर उनीहरुका आमा युक्रेन आउनुपर्छ ।’ रक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । ‘तपाईँहरूलाई किभ लगिनेछ जहाँ छोरालाई तपाईको जिम्मा लगाइनेछ ।’

युक्रेनले बन्दी बनाइएका र मारिएका रुसी सैनिकको जानकारी तिनीहरुका आफन्तले पाउन भन्नाका लागि प्रत्यक्ष हटलाइन सेवा समेत सुरु गरेको जनाएको छ ।