मनोरञ्जन

सराना श्रेष्ठको मन्तर मोहनी गीत सार्वजनिक हुँदै

By खबरहब

March 03, 2022

काठमाडौँ : गायिका, निर्देशक तथा मोडल सराना श्रेष्ठको नयाँ गीत ‘मन्तर मोहनी आइतबार सार्वजनिक हुने भएको छ । लिजेन्ड हास्यकलाकार मदनकृष्ण श्रेष्ठ पुत्री सरानाले नयाँ गीतका रुपमा मोहनी मन्तर बजारमा ल्याउन लागेकी हुन् ।

उनको गीत आइतबार सार्वजनिक हुँदैछ । सराना आफैले निर्देशन गरेको भिडियो पनि आइतबार सार्वजनिक हुनेछ । गीतको भिडियोमा पुष्प खड्का, साम्राज्ञी क्षेत्रीसँगै सराना पनि छिन् ।

कालीप्रसाद बाँस्कोटाले संगीत भरेको गीतमा सरानाकै स्वर छ । गितको भिडियोमा बुवा मदनकृष्ण र हरिवंश आचार्य पनि देखिनेछन् ।