मुख्य समाचार

तत्काल नेपाल स्काउटका सबै निकायको निर्वाचन गर्न माग

By खबरहब

March 03, 2022

काठमाडौँ- नेपाल स्काउटलाई बचाउन लोकबहादर भण्डारी संयोजक रहेको तदर्थ समिति खारेज गरि तत्काल नेपाल स्काउटका सबै निकायको निर्वाचन गर्न स्काउट बचाउ अभियानले माग गरेको छ ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मलेन गर्दै अभियानले भण्डारी संयोजक रहेको तदर्थ समिति अवैधानिक र असक्षम भएको भन्दै खारेज गर्न सम्बन्धित निकायसँग माग गरेको हो । अभियानले स्काउट कार्यक्रमको बाहनामा नेपाल सरकारको आर्थिक नियमावलीविपरित खर्चहरु गरेको र जसको कारण नेपाल स्काउटमा चरम भ्रष्टाचार भएको पनि दाबी गरेको छ ।

स्काउटलाई राजनीतिक दलको भर्ती केद्र बनाउने व्यक्तिहरुलाई समेत कारबाहीको गर्न अभियानले माग गरेको छ । अभियानले तदर्थ समितिले आर्थिक लाभका कारण नेपाल स्काउटको सार्वजनिक जग्गामा बिना टेण्डर व्यापारीक प्रयोजनको लागि भाडामा दिई संरचना बनाउन दिएकोमा पनि आपत्ति जनाएको छ । पत्रकार सम्मेलनमा स्काउटको सल्लाहकार तथा गल्र्स सह–प्रमुख पुष्पलता भट्टराईले तदर्थ समितिले स्काउटको मुल्य, मान्यता र तालिमको मर्मविपरित काम गरेको आरोप लगाए।

अभियानले नेपाल स्काउटको स्कार्प र लेटरप्याड परिवर्तन गरेकोमा पनि आपत्ति जनाएको छ ।