देश/प्रदेश

थप १०५ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्‍यु

By खबरहब

March 03, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४४८ जनाको पीसीआर परीक्षण गर्दा ७० जना र २ हजार ४७६ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जना गरी १०५ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ३२० जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ७ हजार ५१७ जना सक्रिय संक्रमित रहेका छन्।