तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

तत्काल रुस छाड्न आफ्ना नागरिकलाई फ्रान्सको निर्देशन

By खबरहब

March 03, 2022

काठमाडौँ- फ्रान्सले आफ्ना नागरिकहरुलाई रुस छाड्न निर्देशन दिएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि रुस र युरोपेली मुलुकहरुबीच हवाई सम्बन्ध विच्छेद भएपछि फ्रान्सले आफ्ना नागरिकलाई रुस छाड्न निर्देशन दिएको हो ।

“रुसले युक्रेनमा गरेको आक्रमण र अन्तर्राष्ट्रिय प्रतिबन्ध लागेको सन्दर्भमा हामीले आफ्नो सतर्कता बढाउनुपर्छ,“ विदेश मन्त्रालयले आफ्नो वेबसाइटमा लेखेको छ । मन्त्रालयले फ्रान्सेली नागरिकहरुलाई रुसमा रहेको आफ्नो दूतावासको वेबसाइटमा फ्रान्सको लागि ‘अप्रत्यक्ष’ उडानहरूको ‘गैर–विस्तृत’ सूचीको लागि इयु सदस्य राष्ट्रहरूले रुसी विमान र सेवाहरूको लागि आफ्नो एयरस्पेस बन्द गरेपछि फ्रान्सले सो आग्रह गरेको छ ।

त्यहाँ धेरै कम उडानहरू रहेका र जो मानिसहरूसँग रसियामा रहन बिल्कुल आवश्यक कारण छैन उनीहरूले छोड्ने छनौट गर्नुपर्ने विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन् । फ्रान्स सरकारले आफ्ना नागरिकहरूलाई रुसको यात्रा पनि स्थगित गर्न आग्रह गरेको छ ।

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि गत फेब्रुअरी २४ देखि सैन्य आक्रमण शुरु भएको घोषणा गरेका थिए ।

आठ वर्षअघि १८ मार्च २०१४ मा युक्रेनको पूर्व–दक्षिण क्षेत्रमा अवस्थित सामरिक महत्वको क्राइमियालाई गाभेको रुस फेरि पूर्वी युक्रेनका डोनबास क्षेत्र, डोनेस्क, लुहान्स्कलाई केही दिनअघि स्वतन्त्र राज्य घोषणा गरेको थियो ।