तस्वीर- तास

अन्तर्राष्ट्रिय

युक्रेनको महत्वपूर्ण शहर रुसी फौजको कब्जामा, रातभर कर्फ्यू

By खबरहब

March 03, 2022

काठमाडौँ- दक्षिण युक्रेनको महत्वपूर्ण शहर रुसी फौजको नियन्त्रणमा पुगेको छ । दक्षिण युक्रेनको खेर्सन शहर रुसी फौजको नियन्त्रणमा पुगेको हो । नियन्त्रणमा लिएपछि रुसी फौजले त्यस शहरमा कर्फ्यू समेत लगाएको छ ।

शहरका मेयर इगोर कोलिखाएभले सामाजिक सञ्जालमार्फत शहरको नगर प्रशासन भवनमा रुसी फौजले प्रवेश गरेको र त्यहाँ कर्फ्यू लगाइएको बताएका हुन् । उनले स्थानीयमाथि आक्रमण नगर्न समेत रुसी फौजसमक्ष आह्वान गरेका छन् ।

हाल खेर्सन शहरमा राति ८ देखि बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनमा रुसी आक्रमणपछि रुसको कब्जामा गएको पहिलो महत्वपूर्ण शहर हो । यो शहरमा युद्ध अघिसम्म तीन लाख भन्दा धेरैको बसोबास थियो ।