फाइल फोटो

अन्तर्राष्ट्रिय

राष्ट्रसंघ भन्छ- अन्तर्राष्ट्रिय समुदायले तालिबानसँग मिलेर काम गर्नुपर्छ

By खबरहब

March 03, 2022

काठमाडौँ- विभिन्न अन्तर्राष्ट्रिय समुदायले तालिबान सरकारसँग काम गर्नुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।

अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत डेबोरा लायन्सले सो कुरा बताएकी हुन् । उनले भनिन्, ‘हुन त विश्व समुदायलाई तालिबानसँग काम गर्न, उनीहरुसँग व्यवहार गर्न मन छैन होला तर पनि यो बाध्यता हो कि विश्वले तालिबानसँग काम गर्नुपर्ने अवस्था छ ।’

‘अहिले त्यहाँका नागरिक निकै अप्ठेरोमा परेका छन्, अब विश्व समुदायले ती नागरिकका लागि पनि तालिबान सरकारसँग काम गर्नु जरुरी छ ।’

उनले अहिले विश्व समुदाय तालिबानबाट टाढा रहेको तर पनि यस्तो अवस्थामा यहाँका नागरिकले भने दुःख पाएको भन्दै तर अब त्यहाँका नागरिकका लागि पनि तालिबानहरुसँग सहकार्य गर्नुपर्ने अवस्था आएको बताइन् ।