फाइल फोटो

थापागाउँस्थित आफ्नै भवनबाट ‘मण्डला नाटकघर’ सञ्चालनमा

By खबरहब

March 03, 2022

काठमाडौं-  मण्डला नाटकघर बिहीबारदेखि काठमाडौंको थापागाउँस्थित आफ्नै भवनबाट सञ्चालनमा आएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले बिहीबार मण्डलाको नयाँ भवन उद्घाटन गरेका थिए। २०० सिट क्षमताको ठूलो अडिटोरियम र ७० सिट क्षमताको बाल नाटकघर निर्माण गरिएको छ । ३० आना जग्गालाई भाडामा लिएर मण्डलाले आफैंले भवन निर्माण गरेको हो ।

उद्घाटन कार्यक्रममा उपराष्ट्रपति पुनले साहित्यले समाजको चित्रणका साथै समाजलाई सहि रुपन्तरण गर्न सक्ने बताए । उनले भने साहित्य समृद्धितर्फ अग्रसर हुनुपर्ने भन्दै  मुलुकको परिर्वतनमा यस क्षेत्रले पुराएको योगदानको चर्चा गरेका थिए । नेपालमा नाटकको इतिहास लामो रहेको र यसलाई निरन्रता दिनु उचिकै चूनौतिपूर्ण रहेको उनको भनाई छ । उनले  नेपालको नाटक क्षेत्रको उत्थानका लागि सरकारले अझै पहल गर्नुपर्ने धारणा राखेका थिए ।

सन् २००९ देखि अनामनगरमा मण्डला नाटक घर सञ्चालन हुँदै आएको थियो । कार्यक्रमको अध्यक्षता मण्डला नाटक समुह नेपालको डाइरेक्टर सोमनाथ खनाल रहेका थिए । कार्यक्रममा अन्य कलाकार दीपाश्री निरौला, दीपक राज गिरि लगायत अन्य उपस्थिती रहेको थियो ।