प्रतिकात्मक तस्वीर

क्रिकेट

आईसीसी लिग क्रिकेट अभ्यास खेलः नेपाली टोली सार्वजनिक

By खबरहब

March 03, 2022

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले अभ्यास खेलका लागि श्रीलंका जाने टोली सार्वजनिक गरेको छ ।

क्यानले टोलीमा रहने १६ खेलाडीको नाम सार्वजनिक गरेको हो । टोलीमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, विक्रम सोब र भीम सार्की छन् ।

यसै महिना संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ श्रृंखलाको तयारी गर्न सन्दीप लामिछानेको कप्तानीमा १६ खेलाडी शनिबार श्रीलंका जाँदै छन् ।

नेपालले यूएईमा पपुवा न्युगिनी र घरेलु टोलीसँग त्रिदेशीय श्रृंखला खेल्नेछ । नेपालले गत महिना आईसीसी टी–२० विश्वकप क्रिकेटको छनोट खेलेको थियो ।