मुख्य समाचार

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोल प्रतिलिटर १ सय ५०

By खबरहब

March 03, 2022

काठमाडौँ– नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेको हो ।

भारतीय आयल कर्पाेरेशनको नयाँ मूल्यसूचीअनुसार मूल्य बढाउनु परेको निगमले जनाएको छ ।

नयाँ मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ ।

अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १५० रुपैयाँ तथा डिजेल र मट्टितेल १३३ रुपैयाँ कायम भएको छ । साथै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत् छ ।

केही दिनअघि मात्र पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले बिहीबार पुनः बढाएको हो ।