फाइल फोटो

राजनीति

एमसीसीविरुद्ध साना ११ दलले सोमबार जुलुस तथा विरोधसभा गर्ने

By खबरहब

March 03, 2022

काठमाडौँ– एमसीसीको विरोधमा ११ वटा साना दलले आन्दोलन घोषणा गरेका छन् ।

प्रतिनिधिसभा बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेपछि सीपी मैनाली महासचिव रहेको नेकपा मालेलगायत ११ दलले एमसीसी सम्झौताविरुद्ध २३ गते जुलुस तथा विरोधसभा गर्न लागेका हुन् ।

नेकपा मालेसहितका ११ दलले सोमबार दिउँसो १ बजे विरोधसभा गर्ने जनाएका छन् ।

यस मध्यान्ह साढे १२ बजे रत्नपार्कमा भेला भएर जुलुससहित इन्द्रचोक जाने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ । एमसीसी धेरै पक्षबाट राष्ट्रघाती देखिएकाले त्यसको विरोध गर्दै संसदबाट अस्वीकृत गराउन आन्दोलनको आवश्यकता भएको ती दलहरूको ठहर छ ।

आन्दोलनको घोषणा गर्नेहरूमा सीपी मैनाली नेतृत्वको नेकपा माले, सुवासराज वाग्ले अध्यक्ष रहेको जनसमाजवादी पार्टी, तारानाथ लुइटेल अध्यक्ष रहेको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चालगायत छन् ।