आर्थिक

दराजबाट आईएमई पे डेको घोषणा, अतिरिक्त छुट सुविधा

By खबरहब

March 03, 2022

काठमाडौँ– नेपालको अग्रणी अनलाइन बजार दराजले आईएमई पेसँग साझेदारी गरी हरेक आइतवार आईएमई पे डे सुरु हुने घोषणा गरेको छ ।

यससँगै दराज र आईएमई पे प्रयोगकर्ताहरूले आफ्नो आईएमई पे वालेटमार्फत् दराजमा भुक्तानी गर्दा हरेक आइतबार १०% (अधिकतम ३५० रुपैयाँ) सम्मको अतिरिक्त छुट सुविधा पाउने छन् ।

साथै, दराजका ग्राहकले आफ्नो आईएमई पे भिसा कार्डमार्फत् भुक्तानी गर्दा हरेक आइतबार १०% (अधिकतम ५०० रुपैयाँ) सम्मको अतिरिक्त छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।

यो सम्झौतामा दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र आईएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्न्यातले हस्ताक्षर गरेका छन् ।