अटो

महिन्द्रा केयर फेस्ट आयोजन हुँदै

By खबरहब

March 03, 2022

काठमाडौँ– महिन्द्रा फोरव्हीलरको अधिकृत विक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कश प्रा. लि. ले महिन्द्र केयर फेस्ट गर्न लागेको छ ।

कम्पनीले फागुन २२ गतेदेखि फागुन २७ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्न लागेको जनाएको हो ।

कम्पनीले चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १०% छुट तथा एक्सेसरीजमा २५% सम्म छुटको लाभ लिन सक्ने जनाएको छ ।

ग्राहकले नेपालमा रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुन सक्ने छन् ।