क्रिकेट

आईपीएल : गुजरातको लगातार दोस्रो जित, दिल्ली पराजित

By खबरहब

April 03, 2022

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको खेलमा गुजरात टाइटन्सले दोस्रो जित निकालेको छ।

गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो। १ सय ७२ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ९ विकेट गुमाएर १ सय ५७ रनमा समेटियो।

दिल्लीका कप्तान ऋषव पन्तले सर्वाधिक ४३ रन बनाए। उनले २९ बलमा ७ चौका प्रहार गरे।

गुजरातको जितमा लोक्की फर्गुसनले ४ विकट लिँदा मोहमद शामीले २, राशिद खान र हार्दिक पाण्डेयाले समान १–१ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो। गुजरातका लागि शुभम गिलले सर्वाधिक ८४ रनको शानदार इनिङ्स खेले। उनले ६ बलमा ६ चौका र ४ छ्क्का प्रहार गरेका थिए। हार्दिक पाण्डेयले ३१ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेखनीय रन बनाउन सकेनन्।

दिल्लीका मुस्ताफिजुर रहमानले ३ तथा खलिल अहमदले २ विकेट लिए। यो जितसँगै गेजरात ४ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ। दिल्लीको २ अंक छ।