खेलकुद

बर्नलीमाथि सिटीले सहज जित

By खबरहब

April 03, 2022

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले बर्नलीलाई २-० गोल अन्तरले हराएको छ।

शनिबार राति भएको खेलमा बर्नलीमाथि सिटीले सहज जित निकालेको हो।

खेलको पाँचौं मिनेटमा केभिन डी ब्रुएन र २५ औं मिनेटमा इल्के गुन्डोगानले गोल गरेका हुन् ।

जितसँगै सिटीले ३० खेलमा ७३ अंक जोडेको छ भने बर्नली २१ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।