खेलकुद

चेल्सीलाई ब्रेन्टफोर्डले हरायो

By खबरहब

April 03, 2022

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई ब्रेन्टफोर्डले ४-१ गोल अन्तरले हराएको छ।

शनिबार राति भएको खेलमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भएको हो ।

घरेलु मैदानमा खेलको ४८ औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

५० औं मिनेटमा भिटाली जनालेटले गोल गर्दै बराबरीमा पुर्‍याएका थिए । त्यसपछि ५४ औं मिनेटमा क्रिस्टियन एरिक्सन, ६० औं मिनेटमा भिटालीले पनु: दोस्रो गोल गर्दै ब्रेन्टफोर्डलाई ३-१ मा पुर्‍याए। खेलको ८७ औं मिनेटमा विसाले गोल गर्दै ब्रेन्टफोर्डलाई ४-० को जित दिलाए ।

यस जितसँगै ब्रेन्टफोर्ड ३३ अंक जोडेर १४ औं स्थानमा रहेको छ भने चेल्सी ५९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।