फाइल तस्बिर

समाचार

आज यी प्रदेशमा हुँदैछ वर्षा

By खबरहब

April 03, 2022

काठमाडौँ – भारतको बिहारदेखि बंगलको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव नेपालमा रहेको छ ।

बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भूभागको मौसम सामान्यतया सफा छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सोमबार प्रदेश १ को पहाडी भूभागका थोरै र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।