खेलकुद

लिभरपुल २-० ले विजयी

By खबरहब

April 03, 2022

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा वाट्फोर्डमाथि लिभरपुलले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई २-० गोल अन्तरले हराएको हो ।

लिभरपुलको जितमा खेलको २२ औं मिनेटमा डिएगो जोटा र ८९ औं मिनेटमा फाबिन्होले एक-एक गोल गरे ।

जितसँगै ३० खेलमा ७२ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा रहेको छ ।

वाट्फोर्ड २२ अंक जोडेर १८ औं स्थानमा छ ।