फाइल फोटो

राजनीति

यादवको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्न प्रचण्ड जनकपुरमा

By खबरहब

April 03, 2022

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’आज बिहानै जनकपुर गएका छन् ।

सहिद रामवृक्ष यादवका सहपाठी सन्तोषी यादवको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गर्न प्रचण्ड जनकपुर गएका हुन् । प्रचण्ड गत २ भदौमा यादवको स्मृति सभालाई सम्बोधन गर्न पनि जनकपुर पुगेका थिए ।

तत्कालीन नेकपा माओवादीले १० वर्षे सशस्त्र सङ्घर्ष सुरु नगर्दै २ भदौ २०५१ उनको हत्या भएको थियो ।

पार्टी केन्द्रीय समितिको आह्वानमा अघिल्लो दिन जनकपुरमा भएको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको हत्या भएको थियो।