खेलकुद

बार्यन म्युनिखको फराकिलो जित

By खबरहब

April 03, 2022

काठमाडौँ – जर्मन बुन्डेसलिगा फुटबलमा बार्यन म्युनिखले फ्रेईवर्गलाई ४-१ गोल अन्तरले हराएको छ।

शनिबार राति भएको खेलमा बार्यनले सहज जित निकालेको हो । बार्यनको जितमा लियोन गोर्टेज्का, सेर्जी जिनाब्री, किङ्सले कोम्यान र मार्सल सबिट्जरले एक-एक गोल गरेका थिए। फ्रेईवर्गका निल्स पिटरसेनले एक गोल फर्काएका थिए ।

जितसँगै २८ खेलमा ६६ अंक जोडेको बार्यन शीर्ष स्थानमा रहेको छ भने फ्रेईवर्ग ४५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।