सांकेतिक तस्बिर

समाचार

चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु

By खबरहब

April 03, 2022

ताप्लेजुङ – ताप्लेजुङमा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ताप्लेजुङको सिरीजंघा गाउँपालिका–२ आम्वेगुदिनका मुकेश भट्टराई रहेका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराईलाई शनिबार राति वर्षासँगै परेको चट्याङ लागेको थियो।

चट्याङ लाग्नेबित्तिकै उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पुर्‍याइएकोमा उनलाई स्वास्थ्यकर्मीले मृत घोषित गरेका थिए।