तस्वीर- २४ न्यूज एचडी

अन्तर्राष्ट्रिय

बाढी पहिरोका कारण ब्राजिलमा १४ जनाको मृत्यु

By खबरहब

April 03, 2022

काठमाडौं- अविरल वर्षापछिको बाढी पहिरोमा ब्राजिलको रियो दि जेनेरियो राज्यमा १४ जनाको मृत्यु भएको छ । दुई दिनयता जारी वर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोपमा अरु ५ जना बेपत्ता भएका छन् । 

प्रकोपमा मारिनेमा आठ बालबालिका समेत रहेको जनाइएको छ । अरु चार जना घाइते भएका छन् ।

भारी वर्षाले दक्षिणपूर्वी राज्यको एट्लान्टिक तटको ठूलो भाग प्रभावित भएको छ । आगामी दिनमा अझै धेरै वर्षा हुने अनुमान गरिएको छ ।

बाढीबाट मृत्यु हुनेहरूमा एक महिला र उनका ६ वर्षका सन्तान पनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

बाढीले उनीहरूको घर बगाएको थियो । उद्धार कार्यमा सघाउन संघीय सरकारले सैन्य विमान पठाएको राष्ट्रपति जैर बोल्सोनारोले बताएका छन् ।

६ साताअघि पेट्रोपोलिस सहरमा अविरल वर्षापछिको बाढीपहिरोमा २३३ जनाको मृत्यु भएको थियो ।