मनोरञ्जन

अनमोल र सुहानाको ‘तिमी र म’ सार्वजनिक

By खबरहब

April 03, 2022

काठमाडौँ- आउँदो वैशाख १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर ४’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘तिमी र म’ बोल रहेको गीतको भिडियोमा मुख्य पात्रहरु अनमोल केसी र सुहाना थापा फिचर्ड छन् । सार्वजनिक गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत रहेको छ । उदय राज पौडेलको स्वर रहेको गीतमा ब्याक भोकलमा प्रश्ना शाक्यले साथ दिएकी छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतलाई गायक पौडेल स्वंयमले एरेञ्ज गरेका हुन् ।

अभिनेत्री झरना थापा निर्देशित तेस्रो फिल्म ‘ए मेरो हजुर ४’ मा अनमोल र सुहानासँगै सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम लगायतका कलाकारहरुको पनि अभिनय छ । सुनिलकुमार थापाले निर्माण गरेको फिल्ममा मित्र डि गुरुङको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

फिल्मको कथा निर्देशक तथा अभिनेत्री झरना थापाले लेखेकी हुन् । सुहाना इन्टरटेनमेन्ट र सुनिलकुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा र संवाद लेखनमा निर्देशक थापालाई निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।