तस्वीर- गेटी इमेज

अन्तर्राष्ट्रिय

बेलायतबाट फ्रान्सका लागि उडेको विमान इङ्गलिस च्यानलमा बेपत्ता

By खबरहब

April 03, 2022

काठमाडौं– बेलायतबाट फ्रान्सका लागि उडेको सानो विमान बेपत्ता भएको छ । बेलायतको वारविकशायरस्थित वेल्सबर्नबाट फ्रान्सको ला तोकेका लागि उडेको विमान इङ्गलिस च्यानलको आकाशमा बेपत्ता भएको हो ।

पीए–२८ विमानमा दुई जना सवार रहेको बीबीसीले जनाएको छ । उक्त विमान ‘चिन्ताजनक रुपमा बेपत्ता’ भएको फ्रान्सेली तटरक्षकको भनाइ छ ।

बेपत्ता विमानको खोजी कार्य जारी रहेको फ्रान्सेली तटरक्षक बलले जनाएको छ । खोजीकार्यका लागि फ्रान्सका दुई विमान र पानीजहाज परिचालन गरिएको बीबीसीले जनाएको छ । बेलायती उद्धारकर्ताहरू पनि बेपत्ता विमानको खोजीमा लागेको बताइएको छ ।

च्यानल जलक्षेत्रमा यात्रा गर्ने पानीजहाजलाई पनि बेपत्ता विमानको भग्नावशेष फेला पारेको अवस्थामा जानकारी दिन निर्देशन दिइएको छ ।