राजनीति

नाफामूलक राजनीति गर्नेले नाफा नहुनेबित्तिकै पार्टी टुक्र्याउने गरेको अध्यक्ष ओलीको आरोप

By खबरहब

April 03, 2022

काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई माया गर्ने मात्र कम्युनिष्ट हुने बताएका छन् ।

एमालेनिकट बुद्धिजीवी परिषद्को १० औँ राष्ट्रिय अधिवेशनको आइतबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले राष्ट्रिय हित चिताउने र गर्ने तथा जनताको सेवाका लागि काम गर्ने पार्टी कम्युनिष्ट हुने बताए ।

देशमा नाफामूलक राजनीतिले अस्थिरता ल्याएको बताउँदै उनले नाफामूलक राजनीति गर्नेले नाफा नहुनेबित्तिकै पार्टी टुक्र्याउने गरेको आरोप लगाए ।

समृद्ध नेपाल र सुखी नेपालीको अभियानका साथ एमाले अघि बढेको भन्दै उनले देश र जनताको समानुकूल समृद्धि बनाउने बाटोमा अघि बढेको बताए । आस्थाका आधारमा कसैमाथि विभेद नगर्ने बताउँदै ओलीले राजनीतिक आस्थाभन्दा राष्ट्रहितको विषयमा मिलेर काम गर्न सकिने उल्लेख गरे ।