फाइल तस्वीर

अन्तर्राष्ट्रिय

इमरान खानद्वारा संसद् विघटनको प्रस्ताव

By खबरहब

April 03, 2022

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद् विघटनको सिफारिस गरेका छन् । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार प्रधामन्त्री खानले राष्ट्रपति आरिफ अल्भीसमक्ष संसद् विघटनको प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्रीविरुद्ध संसद्ले अविश्वासको प्रस्ताव खारेज गरेसँगै प्रधानमन्त्री खानले यस्तो कदम चालेका हुन् । यसअघि पाकिस्तानी संसद्का उपसभामुख कसिम खान सुरीले पाकिस्तानी संविधानको धारा ५ का आधारमा प्रधानमन्त्री खानविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव खारेज गरेको घोषणा गरेका थिए ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव खारेज भएपछि उनले पाकिस्तानी जनतालाई बधाइ समेत दिएको जनाइएको छ । मुलुकमा कसलाई शक्ति दिने बारे जनताले निर्णय गर्ने बताउँदै अब नयाँ चुनावमा जानुपर्ने उनको भनाइ छ ।