क्रिकेट

आईसीसी महिला क्रिकेट विश्व कपको उपाधि अष्ट्रेलियालाई

By खबरहब

April 03, 2022

काठमाडौँ– आईसीसी महिला एकदिवसीय क्रिकेट विश्व कपको उपाधि अष्ट्रेलियाले जितेको छ । न्युजिल्याण्डको क्राईस्टचर्चमा आज भएको फाइनलमा अष्ट्रेलियाले इङ्ल्याण्डलाई ७१ रनले पराजित गरेको हो ।

३ सय ५७ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको इङ्ल्याण्ड ४३ ओभर ४ बलमा समेटिँदा मात्र २ सय ५ रन बनाउन सफल भयो ।

इङ्ल्याण्डलाई सस्तैमा समेट्न जेस जोनासन र अलाना किङ्गले ३–३ विकेट लिए ।

पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५ विकेट गुमाएर ३ सय ५६ रन बनाएको थियो । अष्ट्रेलियाको जितमा एलिसा हेलीले सर्वाधिक १ सय ७० रन र रेचल हेन्सले ६ रन जोडे । यो अष्ट्रेलियन महिला टोलीको सातौँ विश्व कप उपाधि हो ।