सांकेतिक तस्बिर

समाचार

बिजुली पसलमा करेन्ट लागेर एकजनाको मृत्यु

By खबरहब

April 03, 2022

काठमाडौँ– दरबारमार्गस्थित एउटा बिजुली पसलमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

मृतक ४४ वर्षीय सन्तकुमार मिश्र रहेका छन्। उनको आज दिउँसो १ बजे कमलपोखरीस्थित हिमाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

बिजुली मर्मत गर्दा मिश्रको मृत्यु भएको बुझिएको छ। करेन्ट लागेलगत्तै प्रहरीले उनलाई अस्पताल पुर्‍याएको थियो।