फाइल फोटो

आर्थिक

शेयर बजारमा ३०.८९ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

By खबरहब

April 03, 2022

काठमाडौँ- साताको पहिलो दिन आइतबार नेप्सेमा ३०.८९ अंकको गिरावट आएको छ । नेप्से २५१३.४१ मा आएर बन्द भएको छ।

लगातार घटेको बजार यो साता पनि घट्ने क्रम जारी छ। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज एक अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यसरी लगातार घटिरहेको बजारमा कारोबार रकमको कमी आउनु भनेको राम्रो संकेत मानिन्न।

बजार घटे पनि तीन कम्पनीले भने पोजेटिभ सर्किट हानेका छन् । राष्ट्र उत्थान लघुवित्त ९१००, इमरजीन नेपाल ९९.९९० नेश्डो लघुबित ९९.९९० प्रतिशतले बढेका छन्।