समाचार

पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण

By खबरहब

April 03, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार ५ हजार ८४७ जनाको पीसीआर र १ हजार ६२ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। त्यस्तै सोहि अवधिमा कोरोनाबाट ६६ जना निको भएका छन्।

हाल देशभर ८९९ जना सक्रिय संक्रमित रहेका छन्।