अन्तर्राष्ट्रिय

युक्रेनीमाथिको आक्रमणलाई युद्ध अपराध रूपमा अनुसन्धान गर्नुपर्छः ट्रस

By खबरहब

April 03, 2022

एजेन्सी– युद्धका क्रममा युक्रेनका नागरिकमाथि भएको आक्रमणलाई युद्ध अपराधका रूपमा अनुसन्धान गर्नुपर्ने बेलायती विदेशमन्त्री लिज ट्रसले बताएकी छन् ।

अन्तर्राष्ट्रिय अपराध अदालतले यससम्बन्धी लिएको कुनै पनि फैसलालाई बेलायतले समर्थन गर्ने पनि ट्रसले बताइन् । ‘रुसी सेनालाई पछाडि हट्न दबाब सृजना भएसँगै हामीले सेनाद्वारा इरपिन र बुचा जस्ता सहरमा दर्दनाक घटना भएको खबर पाएका छौँ ।’ ट्रसले बताइन् ।

अनुचित र आपराधिक हमलाअन्तर्गत रुसी सेनाबाट निर्दाेष नागरिकमाथि भएको आक्रमणलाई युद्ध अपराधअन्तर्गत अनुसन्धान गर्नुपर्नेसमेत ट्रसले बताइन् ।