तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

रुसी सेनाद्वारा युक्रेनको माइकोलाइभ शहरमा रकेट आक्रमण

By खबरहब

April 03, 2022

काठमाडौं- युक्रेनको माइकोलाइभ शहरमा रुसी सेनाले रकेट आक्रमण गरेको छ ।

युक्रेनी आन्तरिक मामिला मन्त्रालयले केही रुसी रकेटले माइकोलाइभ क्षेत्रमा हमला गरेको जनाएको हो ।

सामाजिक सञ्जाल टेलिग्राममार्फत् मन्त्रालयका सल्लाहकार एन्टोन गेरेश्चेन्कोले जानकारी दिँदै रुसी रकेट आक्रमणका कारण माइकोलाइभ बन्दरगाह प्रभावित भएको बताए ।

हाल रुसले कृष्ण सागरको तटमा रहेका युक्रेनी बन्दरगाहहरु ओदेसा, माइकोलाइभजस्ता शहरमा अत्यधिक हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।