समाचार

काष्ठमण्डप पुनर्निर्माणको कार्य सम्पन्न

By खबरहब

April 03, 2022

काठमाडौँ – विनाशकारी भूकम्पका कारण पूर्णरुपमा क्षति भएको काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।

पुननिर्माण सम्पन्न भएको काष्ठमण्डपको सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए। विनाशकारी भूकम्पले ध्वस्त ऐतिहासिक सम्पदा २०७५ साल वैशाख १८गते समिति गठन पुन निर्माण सुरु भएको थियो ।

काष्ठमण्डप पुननिर्माण गर्न करिब ८ हजार क्युफिट नयाँ र काष्ठमण्डप निर्माण गर्दा प्रयोग गरिएका पुरानो करिब ४ हजार ९ सय क्युफिट काठ प्रयोग भएको शाक्यले बताए।