समाचार

गरिबीको मानसिकता हटाए मात्रै कर्णाली समृद्ध बन्छः मुख्यमन्त्री शाही

By खबरहब

April 03, 2022

सुर्खेत– कर्णालीका मुख्यमन्त्री जीवन शाहीले गरिबीको मानसिकता हटाएर कर्णालीलाई समृद्धिमा लैजानुपर्ने बताएका छन् ।

सुर्खेतमा आइतबारदेखि सुरु भएको ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ कार्यक्रममा मुख्यमन्त्री शाहीले मानसिकता नबदलेसम्म कर्णालीले समृद्धि हासिल गर्न मुश्किल रहेको बताका हुन् ।

पत्रकार विष्णु विवेकसँगको बहसमा मुख्यमन्त्री शाहीले समृद्धि र विकास हेर्न कर्णालीमा ६ वटा ‘ब’ लाई ध्यान दिनुपर्ने पनि बताए । बाटो, बिजुली, विचार, वन, बजार र

व्यवस्थापनलाई ध्यान दिए कर्णालीको समृद्धि ल्याउन सम्भव रहेको उनको भनाइ थियो ।

दोभान मल्टिमिडियाले आयोजना गरेको कार्यक्रममा खबरहब, रेडियो क्यान्डिड, ईकागज र कर्णाली खबर मिडिया पार्टनर हुन् ।

आइतबार सुरु भएको कार्यक्रममा कर्णालीको पूर्वाधार विकासका बारेमा विभिन्न १२ वटा सेसन सञ्चालन हुने छन् । त्यसमध्ये आइतबार शिक्षा र यातायातको सेसन सम्पन्न भएका छन् ।

सोमबार स्वास्थ्य, जलविद्युत, मानवअधिकारलगायतका सेसन हुने छन् ।