समाचार

भ्यु टावर बनाउँदैनौँ भनेर नेपाली काँग्रेसले घोषणापत्र ल्याउनुपर्छः डा. कोइराला

By खबरहब

April 03, 2022

तनहुँ– नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले भ्यु टावरमा होइन अस्पताल र विद्यालय निर्माणमा पैसा खर्च गर्नुपर्ने बताएका छन् ।

तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार खानेपानी आयोजना उद्घाटन कार्यक्रममा नेता डा. कोइरालाले भ्यु टावर बनाउँदा लाग्ने खर्च अस्पताल र विद्यालयमा लगानी गर्नुपर्ने बताएका हुन् ।

उनले भ्यु टावरमा अनावश्यक खर्च भइरहेको भन्दै भ्यु टावर नबनाउने भनेर नेपाली काँग्रेसले प्रतिज्ञा गर्दै घोषणापत्र ल्याउनुपर्ने बताए ।

नेता कोइरालाले विकासका लागि पैसा छैन भनेर हामीले भन्दै आएको अवस्थामा भ्यु टावर र सडक–सडकमा गेट बनाउने कार्य रोक्नुपर्ने पनि बताएका थिए ।