समाचार

कञ्चनपुर बेदकोटका मेयर एमाले परित्याग गरी नेकपा एसमा प्रवेश

By खबरहब

April 03, 2022

कञ्चनपुर । कञ्चनपुरको बेदकोटका मेयर अशोक चन्द नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

नेकपा एमालेबाट निर्वाचित मेयर चन्द आइतबार समाजवादीमा प्रवेश गरेका हुन् ।

उनलाई अध्यक्ष माधवकुमार नेपालले स्वागत गर्दै पार्टीमा भित्र्याएका छन् ।

चन्दसँगै पाँच वडाअध्यक्ष पनि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।