खेलकुद

आइपीएल : कोलकोत्ता विजयी, राजस्थान पराजित

By खबरहब

May 03, 2022

काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकोत्ता नाइट राइडर्स विजयी भएको छ ।

सोमबार बेलुकी भएको खेलमा कोलकोत्ताले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो । राजस्थानले दिएको १५३ रनको लक्ष्य कोलकोत्ताले १९ दशमलव १ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो ।

यसअघि राजस्थानले ५ विकेटको क्षतिमा १५२ रन बनाएको थियो ।

अहिलेसम्म १० खेलमा ४ मा जित र ६ मा हार व्यहोरेको कोलकोत्ता तालिकाको सातौं स्थानमा छ ।

१० खेलमा १२ अंक जोडेको राजस्थान लिगको तेस्रो स्थानमा छ । उसले अहिलेसम्म खेलेको १० खेलमध्ये ६ मा जित र ४ मा हार व्यहोरेको छ ।