अन्तर्राष्ट्रिय

खेलकुदको शिखरबाट झरेका बेकर

By मनोज घिमिरे

May 03, 2022

टेनिस स्टार बोरिस बेकर कर छली गरेको आरोपमा जेल परेपछि एउटा महान् स्टार कसरी शिखरबाट पातालमा पुगे भन्ने एउटा बहस सुरु भएको छ। सन् १९८५ को जुलाईको त्यो चम्किलो र घाम लागेको दिन। १७ वर्षको एउटा चमकदार केटाले विम्बल्डन ट्रफी चुमेको दृश्य संसारका खेल पारखीका लागि सायदै बिर्सन सकिने क्षण थियो। बोरिस बेकरले विम्बल्डन जित्ने सबै भन्दा कान्छा खेलाडी मात्र होइन, बिना वरीयता सहभागिता जनाएर सफलता पाउने पहिलो खेलाडीको रूपमा कीर्तिमान राखेका थिए।

यत्ति कम उमेरमा पनि यस्तो आश्चर्यजनक सफलता ? विश्व खेलकुदमा चासो दिने धेरैको मनमा यो प्रश्न उठेको थियो।विश्व खेलकुदमा सनसनीपूर्ण बेकर युगको सुरुवात भएको ३७ वर्षपछि साउथवार्क क्राउन अदालतले उनलाई दुई वर्ष ६ महिनाको जेल सजाय सुनाएको छ। सन् २०१७ मै उनले बैंक ठगी गरेको आरोपलाई पुष्टि गर्दै अदालतले यो सजाय सुनाएको हो। ५० मिलियन अमेरिकी डलर ठगीको आरोप उनलाई लागेको हो।

उनले कर तिर्ने समयमा लाखौँ पाउन्ड आम्दानी लुकाएको आरोप पनि पुष्टि भएको थियो। यसका साथै उनलाई अन्य २० अभियोग लागेको छ। ‘म बुम’ उपमा पाएका ६ पटकका ग्रान्ड स्लाम विजेता बेकरकै जीवनमा यो ठुलो दुर्घटना थियो। खेलाडीको रूपमा उनले कहिल्यै कमजोर प्रदर्शन गरेनन्। आफू सन् २०१२ देखि बसोबास गरेको स्थान बेलायतमा खेलिएमा प्रतियोगितामा उनी कहिल्यै पनि कमजोर थिएनन्।

१७ वर्षको उमेरमा विश्व खेलकुदमा एउटा कद पाएका बेकरको त्यसै समयमा गरेको गतिविधिका कारण उनको भावी जीवन पनि सधैँ प्रभावित भयो। दक्षिण पश्चिम सहर लेइमानका बेकरको त्यो सनसनीपूर्ण जितले सन् १९८५ मा सबैलाई स्तब्ध नै पारेको थियो।

‘मैले जहिले उनीसँग गफ गरेँ, यसले म सधैँ प्रभावित भएँ। बोरिस सधैँ प्रभावशाली थिए,’ बोरिस बेकर विम्बल्डन फर द स्टार पुस्तकका लेखक तथा इतिहासकार क्रिस बोअर्सले भनेका छन्। उनको व्यक्तिगत जीवनमा आएका दुर्घटना तथा आर्थिक सङ्कटका कारण खेल जीवनका सफलता छायामा परेको छ। बयानमा बेकरले जनाए अनुसार उनले खेल जीवनमा असाध्यै धेरै कमाएका थिए। सन् १९९९ मा संन्यास लिएपछि उनको आम्दानीमा नाटकीय पतन भएको थियो।

१७ वर्षको उमेरमा विश्व खेलकुदमा एउटा कद पाएका बेकरको त्यसै समयमा गरेको गतिविधिका कारण उनको भावी जीवन पनि सधैँ प्रभावित भयो। दक्षिण पश्चिम सहर लेइमानका बेकरको त्यो सनसनीपूर्ण जितले सन् १९८५ मा सबैलाई स्तब्ध नै पारेको थियो। यसपछि नै उनी विश्वविद्यालय गएर सम्मानजनक जिन्दगी बिताउन उत्साहित थिए। सन् २०१२ मा स्टुडेन्ट पत्रिकामा दिएको अन्तरवार्तामा त्यस समयको स्मरण गर्दै उनले आफ्नो चाहना विश्व विद्यालयको राम्रो विद्यार्थी बन्ने भए पनि सबै शुभेच्छुकको चाहाना खेलाडी बनोस् भन्ने भएको बताएका छन्।

त्यसपछि विजयी अभियान सुरु गरेका उनले दुई थप विम्बल्डनका साथै दुई अस्ट्रेलियन ओपन र यूएस ओपनको उपाधि जितेका थिए। उनले १३ मास्टर्स सिरिजको उपाधि जिते भने ओलम्पिकको युगल स्पर्धामा स्वर्ण पदक जिते।

उनलाई सम्झने करिश्मा युक्त खेलाडीको रूपमा चिन्न चाहन्छन्। सन् १९९० को दशकमा उनी प्रतिको आकर्षण यत्ति बढेको थियो कि उनलाई हेर्न चाहनेको पनि ठूलो भीड लाग्ने गरेको थियो। बेलायतीकै नजरमा उनी त्यहाँका लोकप्रिय जर्मन थिए।

सन् १९९९ मा संन्यास लिएपछि आफ्नो नयाँ परिचयका लागि उनी भौतरिइ रहे। यसपछि उनको आत्मविश्वास र आत्म प्रतिष्ठामा धक्का लागेको थियो। एक पटक त उनी पासपोर्टमा पेसा के लेख्ने भनेर पनि उनी अलमलिएका थिए। यसपछिका उनका जिन्दगीको हरेक पाटा छानबिनका विषय बने । उनको जिन्दगीका धेरै पाटाहरू विवादास्पद बने।

उनले बारबरा फेलटासँग विवाह गरे पनि विश्वासघातको आरोपसहित सम्बन्ध विच्छेद भएको थियो। रुसी मोडल लीयासनसँगको हिमचिमकै कारण यो आरोप लगाइएको थियो। तीनै मोडल र बेकरले पछि एउटा छोरीलाई जन्म दिएका थिए।

बेकरलाई नजिकबाट नियाल्नेका अनुसार संन्यासको घोषणा गरेपछि नै उनको जीवन अराजक बनेको थियो। यसका बाबजुद टिभी स्क्रिनमा उनको चमक थियो। यसबीचमा उनले आत्मवृत्तान्त लेखे भने पोर्कर प्रतियोगिता पनि खेले।

सन् २००९ मा बेकरले डच मोडल साली लिली कर्सेनबर्गसँग डेटिङ सुरु गरेका थिए। नौ वर्षपछि उनीहरूले सम्बन्ध विच्छेदको घोषणा गरे। व्यक्तिगत जीवनमा आरोह अवरोह आएपछि व्यावसायिक जिन्दगीमा उनी टेलिभिजनमा छाइ रहे। उनले विम्बल्डन प्रतियोगिताको दौरान बीबीसीको कमेन्टेटरको रूपमा आफूलाई सक्रिय राखेका थिए।‘थिङ्क इट अल ओभर’ नामको क्विज कार्यक्रममा उनी कप्तान थिए।

बेकरलाई नजिकबाट नियाल्नेका अनुसार संन्यासको घोषणा गरेपछि नै उनको जीवन अराजक बनेको थियो। यसका बाबजुद टिभी स्क्रिनमा उनको चमक थियो। यसबीचमा उनले आत्मवृत्तान्त लेखे भने पोर्कर प्रतियोगिता पनि खेले। साथमा, जर्मन टेनिस सङ्घको पुरुष टेनिस प्रमुखको रूपमा पनि काम गरे। उनको खेल जीवनको सबैभन्दा महत्त्वपूर्ण पाटो भनेको तीन वर्ष नोभाक जोकोभीकको प्रशिक्षक हुनु पनि थियो। उनको प्रशिक्षण कालमै जोकोभीकले ६ ग्रान्डस्लाम टेनिसको उपाधि जितेका थिए। अहिले जोकोभीक सबैभन्दा धेरै ग्रान्डस्लाम टेनिसको उपाधि जित्ने खेलाडीको रूपमा कीर्तिमान राख्न सफल भएका छन्।

आर्थिक विषयमा भने उनी सन् २००२ मै विवादमा पर्न सुरु गरेका थिए। त्यसै वर्ष म्युनिख अदालतले उनलाई कर छलीको आरोपमा ३ लाख डलर जरिवाना गरिनुका साथै दुई वर्ष जेल सजाय सुनाइएको थियो। स्पेनका मार्लोकामा रहेको रियल स्टेटको कामको सन्दर्भमा लन्डनमा उनलाई बैंक ठगी गरेको ठहर भएको थियो। अदालतले उनलाई व्यक्तिगत प्रभावका आधारमा गलत गरेको ठहर गरेको थियो। एक वर्ष पछि उनले ऋणका बारे विवादास्पद ट्विट गरेका थिए।

बेकरकै कानुन व्यवसायीका अनुसार उनी सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार)का खेल तथा संस्कृति अटाची भएको जनाएका छन्। बेल्जियममा रहेको कारका राजदूतले उनीसँग कूटनीतिक पासपोर्ट भएको जनाएको थियो।

यी विवादास्पद बेकरको सन् २०२२ मा साउथवार्क क्राउन अदालतमा फेरी सुनुवाइ सुरु भएको हो। दुई साता लगाएर प्रमाण जुटाइएपछि बेकरले सम्पत्ति लुकाएको पुष्टि भएको हो। उनका वकिल तथा शुभेच्छुकहरूले बेकरसँग देखाउन खेलका पाएको सफलताबाहेक केही पनि बाँकी नरहेको जनाउँदै अब यसको सबै कुरा सकिएको बताएका छन्।

सन् १९८९ मा एटीपी र आइटिएफबाट प्लेयर अफ द एयर पनि घोषित भएका थिए। उनले सात पटक विम्बल्डन फाइनलमा प्रवेश गर्ने पहिलो खेलाडीको रूपमा कीर्तिमान राखेका थिए। उनको यस कीर्तिमानमा पिट सम्प्रास र नोभाक जोकोभीकले बराबरी गरे भने रोजर फेडररले १२ पटा विम्बल्डनको फाइनलमा प्रवेश गर्ने सफलता पाएका छन्।

बेकरको जीवन जत्ति सनसनीपूर्ण थियो, उनको व्यक्तिगत जीवन त्यत्तिकै विवादास्पद बनेको छ। उनी शिखरबाट जमिनमा त आए नै उनका समर्थकलाई यसले ठूलो चोट पनि लागेको छ।

२२ नोभेम्बर १९६७ मा जन्मिएका बेकर १९८४ मा एमच्योरबाट प्रो खेलाडी भएका थिए। उनको तीव्र गतिको सर्भिस र नेटमा भली आकर्षक थियो। यी नै छोटो समयमै उनले पाएको सफलताको मुख्य कारण बनेको थियो। फोरह्यान्डमा उत्कृष्ट उनले सर्भिस फर्काउँदा पनि त्यत्तिकै आकर्षण ढङ्गले फर्काउँथे। बेकरको सफलतामा यसै किसिमको खेल शैली नै प्रमुख रहेको उनका डाइङ हर्ट फ्यान भएका धेरैले बताएका छन्।

बेकरको जीवन जत्ति सनसनीपूर्ण थियो, उनको व्यक्तिगत जीवन त्यत्तिकै विवादास्पद बनेको छ। उनी शिखरबाट जमिनमा त आए नै उनका समर्थकलाई यसले ठूलो चोट पनि लागेको छ।

कुनै समयमा बेकरकै प्रशिक्षणमा धेरै प्रतियोगिता खेलेका जोकोभीकले यस घटनापछि आफ्नो मुटुमा नै चोट पुगेको बताएका छन्। जोकोभीकले जेलबाट बाहिर आएपछि पनि बेकरको जीवन सुखद हुने कुरामा आशा व्यक्त गरेका छन्। श्रोत बीबीसी, इएसपीएन, विकीपीडीया