सांकेतिक तस्बिर

समाचार

बाढीले बगाउँदा किशाेरीको मृत्यु

By खबरहब

May 03, 2022

दाङ- दाङको बबई गाउँपालिकामा बाढीले बगाउँदा किशाेरीकाे मृत्यु भएको छ ।

बबई-४ स्थित हस्तनापुरको चाईकेरे चोकदेखि पूर्व तिरको चिरामा आएको बाढीले बगाउँदा १५ वर्षीया सन्ध्या परियारको मृत्यु भएकाे इलाका प्रहरी कार्यालय हापुरे जनाएको छ ।

बाढीले बगाउँदा गम्भीर घाइते भएकी उनलाई अस्पताल लगिएकाे थियाे । तर उनकाे ज्यान गएकाे छ । उनी हापुरे मावि पदमपुरमा कक्षा १० मा अध्ययनरत थिइन् ।