अन्तर्राष्ट्रिय

चण्डिगढ विश्वविद्यालयका वैज्ञानिकद्वारा बालीमा लाग्ने रोग पहिचान गर्नसक्ने एपको विकास

By खबरहब

May 03, 2022

काठमाडौं– भारतको चण्डिगढ विश्वविद्यालयका वैज्ञानिकहरुले बालीमा लाग्ने रोगको पहिचान गर्नसक्ने मोबाइल एप्लिकेशनको विकास गरेका छन् ।

तीन वर्ष लगाएर वैज्ञानिकहरुले मोबाइल एपको विकास गरेको भारतबाट प्रकाशित हुने कृषि जागरण अनलाइनले जनाएको छ ।

यसका लागि चण्डिगढ विश्वविद्यालयको अनुसन्धान टिमले ३१ वटा पेटेन्ट समेत दर्ता गराएको जनाइएको छ ।

भारतमा हरेक वर्ष बालीमा लाग्ने रोग र किराका कारण ९० खर्ब भारु बराबरको क्षति हुने कृषि जागरणले जनाएको छ । यसलाई कम गरी किसानहरुलाई सहयोग गर्न चण्डिगढ विश्वविद्यालयले यस्तो एप बनाएको जनाइएको छ ।

कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित यो एपले बालीको तस्वीर लिने र त्यसैको विश्लेषणका आधारमा नतिजा दिने बताइएको छ ।