मनोरञ्जन

लन्डन टु पेरिस : साम्राज्ञीको जोडी बन्दै निश्चल 

By खबरहब

June 03, 2022

काठमाडौँ– अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग डेब्यु अभिनेता निश्चल खड्काले अभिनय गर्ने भएका छन् । एबी इन्टरनेसनलको ब्यानरमा निर्माण हुने सिनेमा ‘लण्डन टु पेरिस’ मा साम्राज्ञीको जोडी बन्दै निश्चललाई डेब्यु गराउन लागिएको हो । किस्ताबन्दीमा कलाकार सार्वजनिक गर्दै आएको निर्माण टिमले शुक्रबार निश्चल फिल्ममा अनुबन्ध भएको जानकारी गराएको हो ।

अस्ट्रेलियामा आफ्नो पढाइ सकेर नेपाली फिल्म गर्न भनी नेपाल आएका निश्चलले केही बिज्ञापनमा मोडलिङ समेत गरेका छन भने अस्ट्रेलियामा बस्दा पनि केही मोड्लिङ इभेन्टमा भाग लिएका थिए । यात्रामय आधुनिक प्रेमकथामा निर्माण हुने फिल्ममा गरिमा शर्मा र कबिर खड्काको पनि अभिनय रहनेछ । निर्देशक घनश्याम लामिछानेका अनुसार अरु बाँकी कलाकारहरू लन्डनबाटै लिइने छ ।

घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने फिल्मका कलाकारलाई केही दिन यता नाट्यकर्मी सरिता गिरिले वर्कसप गराइरहेकी छन । फिल्को कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् ।