तस्वीर- द स्टार केन्या

अन्तर्राष्ट्रिय

केन्यामा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा ४ जनाको मृत्यु

By रासस

June 03, 2022

 काठमाडौँ- अफ्रिकी मुलुक केन्याको पूर्वमा भएको एक प्रदर्शनमा प्रहरीले गरेको कारवाहीमा परी कम्तीमा पनि चार जनाको ज्यान गएको छ ।

केन्याको मासिम्बा क्षेत्रमा प्रदर्शनकारीहरुले प्रहरीका विरुद्धमा आन्दोलन गरेका थिए । उनीहरुको भिडलाई रोक्ने क्रममा प्रहरीले गोली चलाएको थियो ।

गोली लागेर ती आन्दोलनकारीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । सो क्षेत्रमा जंगली जनावरले दुःख दिएपछि त्यसका विरुद्धमा सरकारले कुनै कदम नचालेको भन्दै प्रहरीका विरुद्धमा स्थानीयले प्रदर्शन गरेका थिए ।

सो प्रदर्शनमा परी अरु सात जना घाइते भएका थिए । उनीहरुको स्थानीय अस्पतालमा उपचार जारी रहेको बताइएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार हालै सो क्षेत्रमा हात्तीले एकजना स्थानीय शिक्षक मारेको थियो । जंगली जनावरबाट बचाउन सरकारले कुनै कदम नचालेको भन्दै स्थानीय त्यसका विरुद्धमा आन्दोलनमा उत्रिएका हुन् ।