समाचार

गण्डकी सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिन लागेपछि पोखरामा विरोध प्रदर्शन

By खबरहब

June 03, 2022

पोखरा- गण्डकी प्रदेश सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिन लागेपछि पोखरामा विरोध प्रदर्शन भएको छ ।

गैरसरकारी संस्था महासंघ र नागरिक समाजले मुख्यमन्त्री कार्यालय नजिक बिरोध प्रदर्शन गरेको हो । १२ जेठको मन्त्रिपरिषद बैठकले पूर्वपदाधिकारीलाई सुविधा दिन कानुन मस्यौदा समिति गठन गरेको छ । उक्त समिति गठन भएपछि समिति नै खारेजीको माग गर्दै विरोध कार्यक्रम गरिएको हो ।

प्रदेश सरकारले पूर्वपदाधिकारीहरूलाई सेवासुविधा दिन कानुन ल्याउने तयारी गरेको सुनिएको छ, गैसस महासंघका प्रदेश अध्यक्ष गोपाल खड्काले भने, ञराजनीति लाई पेशा नबनाइयोस् । उक्त निर्णय तुरून्त फिर्ता गरियोस् । कतिपय नवनिर्वाचित जनप्रतिनिधिहरूले पाउने सुविधा सामाजिक क्षेत्रमा दिने र कतिपयले नलिने घोषणा गरेको भन्दै उनले सबैले सोही अभियान चलाउनुपर्ने बताए ।