तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

कश्मीरको श्रीनगरमा पाराग्लाइडिङ सुरु

By खबरहब

June 03, 2022

काठमाडौं– पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कश्मीरको श्रीनगरमा साहसिक पाराग्लाइडिङको सुरुवात गरिएको छ ।

निजी पाराग्लाइडिङ कम्पनीसँगको सहकार्यमा कश्मीर पर्यटन विभागले श्रीनगरमा पाराग्लाइडिङको सुरुवात गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

पाराग्लाइडिङ श्रीनगर नजिकै रहेको अष्टन्मार्गबाट सुरु भएर चाँदपोरामा अवतरण हुने बताइएको छ । २ हजार फिट उचाईको पाराग्लाइडिङले सो क्षेत्रमा पर्यटकको आगामनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

पछिल्लो केही समययता स्थानीय एवम् टाढाबाट आएका पर्यटकहरुले निःशुल्क पाराग्लाइडिङ गरिरहेको बताइएको छ ।

पाराग्लाइडिङ गर्नुअघि पर्यटकलाई यसको सुरक्षा एवम् सावधानीबारे जानकारी दिइने एएनआईले जनाएको छ । यस पाराग्लाइडिङबाट जबरवन पहाड र दल तालको मनोरम दृश्यावलोकन गर्न सकिने जनाइएको छ ।