ब्रेकिङ स्टोरी

अवैध अमेरिका यात्राको जोखिम

By मनोज घिमिरे

July 03, 2022

२५ जुनका दिन, आफ्ना सन्तान सम्पर्कमा नआएपछि कारेन काबेलारोको छाती गह्रुङ्गो भएको थियो। त्यसको दुई दिनपछि रातको ८ बजे उनको फोनमा नयाँ समाचार सहितको घण्टी बजेको थियो। टेक्ससको सेन एन्टेनियो सहर नजिक अमेरिका मेक्सिकोको सीमा भन्दा १ सय माइल मात्र पर रहेको अमेरिका मेक्सिको सीमामा एउटा लरीको पछाडि रहेका दर्जनौँ व्यक्ति तातोले मरेको खबर उनीसम्म आइपुगेको थियो।

मध्य रातमा मात्र खबर थाहा पाइन्। ग्वाटेमाला, मेक्सिको, एल साल्भाडोर र होन्डुरसबाट गएका ६२ जना बोकेको त्यो लरीका ५३ जनाको ज्यान गएको रहेछ। त्यसमा २४ वर्षीया मार्ली पाज ग्राजीया, २३ वर्षीया अलेजान्द्रो एन्डीनो काबेलारो र १८ वर्षीया फर्नान्डो रेडोन्डो काबेलारो समेत थिए।

पीडाले छटपटाएकी काबेलारोले गुगल र फेसबुकमा जताततै अमेरिकामा रहेको होन्डुरन कन्सल्ट्यान्टका साथै अस्पताल र प्रहरी चौकीको फोन नम्बर खोजी गर्न थालिन्। आफ्ना दुई छोरा र बुहारी पनि हराइरहेका कारण उनलाई तीनको खोजी गर्नु थियो।

मध्य रातमा मात्र उनले खबर थाहा पाइन्। ग्वाटेमाला, मेक्सिको, एल साल्भाडोर र होन्डुरसबाट गएका ६२ जना बोकेको त्यो लरीका ५३ जनाको ज्यान गएको रहेछ। त्यसमा २४ वर्षीया मार्ली पाज ग्राजीया, २३ वर्षीया अलेजान्द्रो एन्डीनो काबेलारो र १८ वर्षीया फर्नान्डो रेडोन्डो काबेलारो समेत थिए। ट्रेलर भित्र रहेका उनीहरूले तापक्रम ४० डिग्री पुगेको तथा भेन्टिलेटर नभएको अवस्थामा ज्यान गुमाएका थिए। आफ्ना छोराको यो हालत भएपछि आमाको अवस्था के हुन्छ ? यो कसैलाई सोध्नु पर्दैन।

‘आठ बजेसम्म मेरा बच्चा घरमा आइनपुग्दा म उनीहरूलाई खोजेर ल्याउन सक्थे,’ काबेलारो छोराहरूलाई सम्झेर भक्कानिँदै रोइन्। अहिले त उनीसँग रुने समय पनि छैन। पत्रकार, प्रहरी र साथीलगायत आफन्तबाट आएको फोन उठाउन नै भ्याइनभ्याई छ। ‘तर, यसको मतलब कसैले यो आइमाईलाई कुनै पीडा भएको छैन भनेर बुझ्छ भने त्यो गलत हो’, उनले चप अगाडि भनिन्, ‘म बलियो हुन आवश्यक छ । यो घटनाको सबै पहिचान गर्न जरुरी छ। आमा भएका कारण मैले मेरा बच्चालाई जुनसुकै अवस्थामा घरमा ल्याउन जरुरी छ।’

ट्रेलर भित्र रहेका उनीहरूले तापक्रम ४० डिग्री पुगेको तथा भेन्टिलेटर नभएको अवस्थामा ज्यान गुमाएका थिए। आफ्ना छोराको यो हालत भएपछि आमाको अवस्था के हुन्छ ?

अमेरिकी इतिहासकै कुख्यात ठहरिने मानव बेचबिखनको यो घटनामा निधन भएका ५३ जना मध्यको धेरैको पहिचान भइसकेको छ। उनीहरू त्यहाँ मर्नेको स्केच बनाएर प्रचार गरिरहेका छन्। उनीहरूको आफन्तको खोजी कार्य जारी नै छ। मेक्सिकोका अधिकारीले लरी भित्र ६७ जना भए पनि सेन एन्टेनियोका अभियोजकले ६४ जनाको तथ्यांक राखेको बताएको छ।

बेक्सार काउन्टी मेडिकल परीक्षणको कार्यालयले घटनामा ज्यान गुमाउने ५३ जना मध्य अधिकको पहिचान गर्न सकिने बताएको छ। त्यस कार्यालयका प्रवक्ता टम पाइनले गलत पहिचान नहोस् भन्नका खातिर एकदमै सतर्कताका साथ काम गरीरहेको बताएका छन् । ज्यान गुमाउने मध्य ४० पुरुष तथा १३ महिला छन्।

होन्डुरसको राजधानी तेगुसीगाल्पाबाट १ सय २५ माइल टाढा सान्टा एडभेन्सीट स्कुलमा यी युवा जोडीको भेट भएको थियो।

उत्तर पश्चिम होन्डुरसको लास भेगासबाट काबेलेरोका छोरा अलेजान्द्रो, बुहारी मार्ली र भाइ फर्नान्डोसँगै अमेरिकातर्फ लागेका थिए। होन्डुरसको राजधानी तेगुसीगाल्पाबाट १ सय २५ माइल टाढा सान्टा एडभेन्सीट स्कुलमा यी युवा जोडीको भेट भएको थियो।

कागजको रिङ आदान प्रदान गरेर उनीहरूले स्कुले विवाह गरेका थिए। त्यस समयमा उनीहरू १७ र १८ वर्षका थिए। स्कुले जीवन सकाएर मार्ली अर्थशास्त्र पढ्न अटोनोमस विश्वविद्यालय गइन् भने अलेजन्द्रोे सेन पाउलो सान्ड्रो विश्वविद्यालय गएका थिए। सेन पाउलोमै उनीहरू जागिरको खोजीमा थिए। अधिकतम टेलिफोन अपरेटरको काम मात्र पाउन थालेपछि उनीहरू नयाँ र राम्रो अवसरका लागि भौतारीएका थिए।

पहिलो रेफ्रिजेरेटर किन्दा यी युवा दम्पत्तिको खुसी तीनकी आमाले कहिले पनि बिर्सन सक्दिनन्। हरेक समय नयाँ सामान किन्दा यी युवा दम्पत्तिमा उस्तै जोस देखिन्थ्यो। यो जोडीको पहिलो प्राथमिकता नै अध्ययन थियो। यस कारण आमाले छोरा बुहारीलाई विश्व विद्यालय जान सधैँ प्रेरित गर्ने गरेकी थिइन्।

कागजको रिङ आदान प्रदान गरेर उनीहरूले स्कुले विवाह गरेका थिए। त्यस समयमा उनीहरू १७ र १८ वर्षका थिए। स्कुले जीवन सकाएर मार्ली अर्थशास्त्र पढ्न अटोनोमस विश्वविद्यालय गइन् भने अलेजन्द्रोे सेन पाउलो सान्ड्रो विश्वविद्यालय गएका थिए।

छोरा र बुहारीको व्यावसायिक क्यारियरका बारे उनी सधैँ सचेत थिइन्। कोभिड–१९ पछि तलब घटाइनुका साथै त्यहाँको अन्य आर्थिक संकट पछि त्यो परिवार घर भाडा पनि तिर्न नसक्ने अवस्थामा पुगेको थियो। वजनदार शैक्षिक प्रमाण पत्र हुनुका बाबजुद उनीहरू उपयुक्त जागिर पाउन सकिरहेका थिएनन्।

लकडाउनसँगै घरको कान्छो सदस्य फर्नान्डोले पढाइ नै छाड्यो। ‘कल्पना गर्नुस् त आमा यहाँ पढ्नलाई रोजगारी छैन भने मैले नपढेकोमा तपाईंको गुनासो किन ?’ काबेलारोसँग छोराको प्रश्नको कुनै चित्त बुझ्दो जवाफ थिएन।

निराश भएको उ सुरुवातमा एक्लै अमेरिका जान चाहन्थ्यो। विस्तारै उनका दाजु र भाउजू पनि सँगै जाने इच्छुक भए। तीन जनाले सम्भव भएसम्मको पैसा जम्मा गरे। उनीहरूसँग भिसा थिएन। परन्तु कुनै पनि हालतमा अमेरिका जाने इच्छा उनीहरूको थियो।

निराश भएको उ सुरुवातमा एक्लै अमेरिका जान चाहन्थ्यो। विस्तारै उनका दाजु र भाउजू पनि सँगै जाने इच्छुक भए।

वृद्ध आमाले ट्याक्सी लिएर दुई छोरा र बुहारीलाई ग्वाटेमाला लगेर छाडेकी थिइन्। मेक्सिको जानु भन्दा अगाडि उनीहरू एन्टीगुवा पुगेका थिए। २० दिनसम्म उनीहरू ह्वाट्सएपमार्फत् आमा काबेलारोको सम्पर्कमा थिए। त्यसपछि एकाएक सम्पर्कबाट हराएका हुन्। घटनाको अमेरिकामा छानबिन जारी छ। गलत रूपले मान्छे भित्र्याए बापत तीन जनालाई गिरफ्तार गरिएको छ।

पहिचान भएका मध्य अर्का एक होन्डरीयन पनि छन्। २८ वर्षीय अडेला मेउटेला रेमिरेज २६ मेका दिन ओमावोबाट हिँडेका उनका काकाका छोराले बताएका छन्। अडेलाको प्रस्थान बिन्दु पनि लस एन्जलस थियो। त्यहाँ उनका हुनेवाला श्रीमानका साथै अन्य आफन्त पनि थिए।

ग्वाटेमालाका १३ र १४ वर्षीय बच्चाको पनि त्यसै घटनामा ज्यान गएको छ। घरको गरिबी देखेर पास्कल मेल्भीन गुयाचेक र हुवा विल्मर टुलाल पनि त्यसतर्फ लागेका थिए। यिनीहरू दाजु भाइका छोरा हुन्। यी दुईसँगै घर छाडेर हिँडेको क्षण उनीहरूका अभिभावकले भुल्न सक्ने छैनन्।

सोमबार लरी दुर्घटना हुनु भन्दा केही घण्टा अगाडीसम्म उनीहरूका आफन्तले यी दुई टिनएजर सेन्ट एन्टेनियोतर्फ प्रस्थान गरीरहेको बताएका थिए। ३१ वर्षीय जासे लुइस भास्क्यु भने मुस्किलले ज्यान बचाउन सफल भएका छन्। मेक्सिको दक्षिणी भूभाग ओक्साका सहरबाट उनी अमेरिकातर्फ लागेका थिए।

सोमबार लरी दुर्घटना हुनु भन्दा केही घण्टा अगाडीसम्म उनीहरूका आफन्तले यी दुई टिनएजर सेन्ट एन्टेनियोतर्फ प्रस्थान गरीरहेको बताएका थिए।

सेनाका भेटनरीसमेत रहेका गुजमानलाई लरीभित्र नै डिहाइड्रेसनको समस्या भएको थियो। उनको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ। ओक्साकाको सरकार अहिले गुजमानको आमालाई मानवतावादी भिसा लगाउने प्रयास गर्दैछ। यो भिसा भएमा गुजमानले अस्पतालको शैय्यामा आमाको साथ पाउँथे।

सेरो भर्डे क्षेत्रमा मोबाइल फोनको राम्रो नेटवर्क छैन। परिवारका सदस्य त्यहाँ फोन सम्पर्क गरेर आफन्तको खोजी गर्न प्रयास गरिरहेका छन्। तर, यो त्यत्ति सहज देखिएको छैन। गुजमानको आफन्त लोपेज भने टेक्ससमै कतै लुकेका छन्। त्यहाँ जाने धेरैलाई सीमा पार गर्नु यत्ति धेरै कठिन हुने छ भनेर बताइँदैन।

सेन्ट एन्टेनियोमा आफन्तलाई उद्धार गरिरहेका मेक्सिको पृष्ठभूमिका अमेरिकी नोयल डीयाज आफ्नो भाइ पर्ने एक जनालाई ढाँटेर त्यहाँ लगिएको बताउँछन्। ‘यसरी आउँदै गरेको कुरा भनिएको थिएन। हामीले त सहजै यहाँसम्म आइपुग्ने भन्ठानेका थियौ,’ डीयाजले भने।

काबेलारोलाई छोरा र बुहारीको शव कहिले होन्डुरस पुग्छ भन्ने थाहा छैन। उनी यसका लागि सरकारी निकाय धाइरहेकी छन्। मानव अधिकार बेचबिखनको समस्या नेपालको होइन, यो त संसारको नै हो। पछिल्लो समय गैर कानुनी रूपमा अमेरिका लैजानेक्रम बढ्दो छ। यसरी मानव बेचबिखनका लागि मेक्सिकोको बाटो सबैभन्दा बढी प्रयोग हुन्छ। अमेरिकी सरकारले यसलाई दास प्रथाको आधुनिक स्वरूपको व्याख्या गरेको छ। त्यहाँको राज्यले यसरी व्याख्या गरे पनि लुकीछिपी त्यहाँ जाने क्रममा धेरैले ज्यान गुमाउने गरेका छन्। यसै मध्यको पछिल्लो घटना गत साता टेक्ससको सेन्ट एन्टेनियोको लरी दुर्घटना हो। स्रोत : बीबीसी एसीएलयु