दोहा – गैरआवासी नेपाली संघ (एनआरएनए) कतारले नेपाली महिलाहरुको स्वास्थ्य स्यानिटरी तथा बच्चाहरुको पोषण खाना वितरण गरेको छ।
एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानका अनुसार यहाँको प्रोपकारी संस्था कतार च्यारिटीले कतारमा रहेका आप्रवासी समुदायहरुको महिला तथा बच्चाहरुको सहयोग कार्यक्रम अन्तर्गत नेपाली समुदायको लागि संघलाई प्राप्त महिलाहरुको स्वास्थ्य स्यानिटरी, बच्चाको पोषण खाना र स्यानिटरी सामाग्री वितरण गरिएको बताए ।
एनसीसी कतारको महिला विभाग र नेपाली महिला समाज कतारद्वारा कतारमा बसोबास गर्ने नेपाली परिवारका महिला र बच्चाहरूलाई वितरण गरिएको अध्यक्ष मुसलमानले बताए ।
वितरण गरिएका सामाग्रीहरूमा टुथ पेस्ट ५०० वटा, टुथ ब्रस ५०० वटा, बेबी डाइपर साइज १ को ५९४ वटा, बेबी डाइपर साइज २ को ९०० वटा, बेबी डाइपर साइज ३ को ४६८ वटा, बेबी डाइपर साइज ४ को ११२० वटा, फेसियल टिस्यु ४६८ प्याकेट, वेट वाइप टिस्यु १५३ प्याकेट, बच्चाको पोषण खाना १२० प्याकेट, महिला स्यानिटरी प्याड ८३ प्याकेट र टेम्प स्यानिटरी प्याड २४ प्याकेट रहेको उनले बताए ।