प्रतिकात्मक तस्वीर

देश/प्रदेश

बर्दिया र रुपन्देहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

By खबरहब

July 03, 2022

काठमाडौँ- बर्दिया र रुपन्देहीमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

बर्दियाको गुलरिया नगरपालिका–८ भन्सार चोकस्थित सडकमा गुलरिया नगरपालिका १६ नम्बरको टाँगाले ठक्कर दिँदा शनिबार एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा साइकलयात्री गुलरिया नगरपालिका–८ सुरजपुर बस्ने ७० वर्षीय वीर बहादुर सुनार रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बर्दिया हुँदै नेपालगन्ज नर्सीङहोममा थप उपचारको क्रममा मृत्यु भएको हो । टाँगा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ दश नम्बर चोकस्थित सडकमा लु ७९ प ५४९१ नम्बरको स्कुटर शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक सोही ठाउँ बस्ने ५० वर्षीय तुलसी पाठक रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।