आर्थिक

सिभिल बैंकको ९९ औँ एटिएम पोखराको लेकसाइडमा

By खबरहब

July 03, 2022

पोखरा – सिभिल बैंकको ९९ औँ समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले पोखराको लेकसाइडमा नयाँ एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएमको समुद्घाटन बैंकका अध्यक्ष प्रतापजङ्ग पाण्डेले गरे ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरू अम्वीर बोगटी, भिनानन्द ढुंगाना,प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल, बैंकका चिफ विजनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोलाबहादुर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसीलगायतको उपस्थिति रहेको थियो ।

हालसम्म रु. ९२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करिब रु. ८८ अर्ब कर्जा लगानी गरीसकेकोे सिभिल बैंकको यस एटिएमसहित एटिएम संख्या ९९ पुगेको छ ।